गैरआवसिय नेपालीको बंशज को नागरिकता को निरन्तरता को अभियान
Join us in creating a vibrant, inclusive space for everyone!
Join us in creating a vibrant, inclusive space for everyone!
उदेश्य :
यो अभियान गैरआवासीय नेपालीहरुको बंशजको नागरिकताको निरन्तरताको लागि हो ।नेपाली नागरिकताको निरन्तरता किन र केका लागि आवश्यक छ , नेपालको समग्र विकासमा यसले कस्तो प्रभाव पार्छ भन्ने यथार्थ सरोकारवालालाई प्रष्ट्याउन चेतनामूलक कार्यक्रम गर्ने र त्यसको प्रभावकारितालाई उर्जा दिन विभिन्न दवाबमूलक अभियान संचालन गर्ने ।
के हो नागरिकता खोइ अभियान ? यो अभियान गैरआवासीय नेपालीहरुले नेपालमा पूर्ण अधिकार सहितको नागरिक अधिकार प्राप्त गर्नका लागि एकजुट भएर दबाव दिनका लागि बनाइएको सामाजिक संजाल हो । नागरिकता खोइ अभियान नेपालका कुनै पनि राजनीतिक दलसंग आबद्ध छैन न त यो कुनै धार्मिक र सांस्कृतिक रंग पोतिएको अभियान हो ।
के हो नागरिकता खोइ अभियान ? यो अभियान गैरआवासीय नेपालीहरुले नेपालमा पूर्ण अधिकार सहितको नागरिक अधिकार प्राप्त गर्नका लागि एकजुट भएर दबाव दिनका लागि बनाइएको सामाजिक संजाल हो । नागरिकता खोइ अभियान नेपालका कुनै पनि राजनीतिक दलसंग आबद्ध छैन न त यो कुनै धार्मिक र सांस्कृतिक रंग पोतिएको अभियान हो । यसको उदेश्यमा सहमत हुने जो कोही पनि यस अभियानमा सहभागी हुन सक्नेछन । बंशजको नागरिकलाई दोश्रो दर्जाको नागरिक र अंगिकृत नागरिकलाई जति पनि अधिकार नदिएका कारण अधिकार प्राप्तिका लागि बनाइएको विशुद्ध जागरुक अभियान हो । उदेश्य : .यो अभियान गैरआवासीय नेपालीहरुको बंशजको नागरिकताको निरन्तरताको लागि हो । . नेपाली नागरिकताको निरन्तरता किन र केका लागि आवश्यक छ , नेपालको समग्र विकासमा यसले कस्तो प्रभाव पार्छ भन्ने यथार्थ सरोकारवालालाई प्रष्ट्याउन चेतनामूलक कार्यक्रम गर्ने र त्यसको प्रभावकारितालाई उर्जा दिन विभिन्न दवाबमूलक अभियान संचालन गर्ने
अहिलेसम्म के भयो ? .नागरिकता खोइ अभियानले यसको उदेश्य , आवश्यकता र प्रभावकारिताका बारेमा समाजका विभिन्न तप्काका प्रभावशाली संस्था , व्यक्ति र समुहलाई जानकारी गराउदै आएको छ । त्यसै क्रममा संचार माध्यम , पत्रकार ,संविधानविद , राजनीतिक दलका नेतासंग संवाद र छलफल भएको छ । . नेपाली काँग्रेसको पूर्व आप्रवासी समन्वय विभागले आयोजना गरेका कार्यक्रममा नागरिकता खोइ अभियानले बंशजको नागरिकताको निरन्तरताको बारेमा आफ्नो स्पष्ट दृष्टिकोण र धारणा राखेको छ । . नेपालका राष्ट्रिय स्तरका अखबार , रेडियो, चर्चित अनलाइन मिडिया तथा विभिन्न टेलिभिजनमा यस अभियानका संयोजकले संवाद र अन्तर्वार्ता मार्फत प्रचार प्रसार गरी जनचेतना जगाउने काम भएको छ । . गैरआवासीय नेपालीहरुलाई नागरिकता खोइ अभियानको बारेमा वस्तुगत जानकारी गराउने उदेश्यले अमेरिकामा टेक्सासका डालस , ह्युस्टन तथा क्यालिफोर्नियाका सानफ्रान्सिसको र लस एन्जलसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आगामी कार्यक्रम १. काठमाडौमा पत्रकार सम्मेलन २. कोशी प्रदेशको झापादेखि सुदूर पश्चिमको धनगढीसम्म गैरआवासीय नेपालीहरुका आफन्त र अभिभावक्का लागि टाउनहल मिटिङ आयोजना गर्ने
सम्मानजनक नेपाली नागरिक त्यो पनि बंसजको हुनपाउने । राज्यले भोगिरहेको पलायन रोक्न र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी बन्न पाउने । आफूले लिएको विज्ञता मातृभूमिलाई संकोच बेगर दिनपाउने । आफूले ल्याउने बैदेसिक मुद्राले नेपाललाई आर्थिकरुपले टेवा पुर्याउने । पर्यटनमा उल्लेख्य प्रगति हुने छ । नेपालको उत्पादन बिश्वभरि पुर्याउन सहयोग पुग्नेछ । दोश्रो पुस्ता राज्यसग जोडिने छन् । जनमतसंग्रह भएमा नेपालको पक्षमा मतदान गरी स्वाधिनता र राष्टृयता जोगाउन महत्वपूर्ण सहयोग हुनेछ । आफ्ना मातापिताको सेवा गर्नका लागि वातावरण बन्नेछ ।
नागरिकता खोइ अभियान नेपालका कुनै पनि राजनीतिक दलसंग आबद्ध छैन न त यो कुनै धार्मिक र सांस्कृतिक रंग पोतिएको अभियान हो । यसको उदेश्यमा सहमत हुने जो कोही पनि यस अभियानमा सहभागी हुन सक्नेछन
सैयोजक : बासुदेव घिमिरे
सल्लाकार : तारा बराल, बिजय घिमिरे, राम प्रसाद खनाल बिट्टू केसी, संजय घिमिरे, राम पोखरेल , बिकास राज न्यौपाने, उमा थापा, ज्ञानेश्वर श्रेष्ठ, यमुना भट्टराई , इश्वर गुरुङ
अभियान्ता : यू एस ए क्यालिफोर्निया
मदन पाठक , अनिल के सी, दिल्ली थापा, दिनेस साह, चिरनजीबी गौतम, ज्ञानेद्र गुरुङ, लता घिमिरे, इन्दिरा त्रिपाठी, सरदा उदास ,संजु सापकोटा, एकदेव शर्मा ,डा डोल्मा लामा, नारायण सोनामे, लाल काजी श्रेष्ठ, मोहन निउरे, कर्ण चन्द ,बलराम थापा, संकर राजा वाग्ले वायोमिंग तारा गौतम कोलोराडो कमल अधिकारि टेक्सास दिलिप बस्नेत नोर्थ क्यारोलिना बिनोद भट्ट क्यानाडा नेत्र काफ्ले युरोप भुपाल किराती, प्रकाश गिरि, खगेन्द्र पाठक अस्ट्रेलिया प्रदिप तिमल्सिना, अनु साही ठकुरी
We love our customers, so feel free to visit during normal business hours.
Open today | 09:00 am – 05:00 pm |
Get 10% off your first purchase when you sign up for our newsletter!
We use cookies to analyze website traffic and optimize your website experience. By accepting our use of cookies, your data will be aggregated with all other user data.